सलमान खानको ‘राधे’ ले सार्वजनिक गर्यो आकर्षक ट्रेलर
मुम्बई । बलिउड स्टार सलमान खान अभिनित प्रतीक्षित फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ का ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा एक्सन, आकर्षक डाइलग र संगीत मिश्रण गरिएको छ । ट्रेलरमा अपराध दुनियाँको एक झलक समेत समेटिएको छ । जसको विरुद्धमा राधे देखिएको झलक राखिएको छ ।
प्रभुदेवा निर्देशित फिल्ममा रणदीप हुन्डा मुख्य भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा उनको एक विलक्षण भिलेन भूमिका रहेको छ । एक्सनका विभिन्न सिक्वेल समेत राधेको ट्रेलरको प्रमुख पाटो रहेको छ । ट्रेलरबाट फिल्मले सबैको मनोरञ्जन गराउने अनुमान लगाउन सकिन्छ ।
फिल्ममा सलमानसँग अभिनेत्री दिशा पटानीको केमेस्ट्री छ । ज्याकी श्रापलाई पनि फिल्ममा देख्न सकिन्छ । जो भारत पछि सलमानसँग यसै फिल्ममा देखिनेछन् । अहिले कोरोना महामारी छ । त्यही कारण पनि फिल्म जी स्टुडियोका साथ मल्टी प्लेटफर्ममा हाइब्रिड रिलिजका लागि तयार छ । यसबाट ४० बढी देशमा नाटकीय रिलिज र ‘पे पर ब्यु’ प्रसारण प्लेटफर्म जी प्लेक्समा एकसाथ रिलिजको सम्भावना छ ।
सलमान खान, सोहेल खान र रील लाइफ प्राइवेट लिमिटेडको निर्माण रहेको फिल्म यसै बर्षको इद अर्थात १३ मेमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण