कर्णालीमा ८७ जनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत । कर्णालीमा प्रदेशमा १०६ जनाको आरटी पिसिआर बिधिबाट कोरोना परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको छ । बिहिबार कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट १६ जनाको स्वाब आरटी पिसिआर विधिबाट परीक्षण गरिएकोमा ८७ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमण पुष्टि भएका मध्ये सुर्खेतका ७६, कालिकोटका ३, जुम्लाका २, जाजरकोटका १, दैलेखका २ र अन्य जिल्लाका ३ जना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
त्यस्तै, र्यापिड एन्टिजेन बिधिबाट ५७ जनामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमण पुष्टि भएको संख्या १७ रहेको निर्देशनालयले जनाएको छ । सो बिधिबाट परीक्षण गर्दा दैलेखका २, सल्यानका ९ जना, रुकुम पश्चिमका ५ र जुम्लाका १ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णालीमा हाल कोरोना संक्रिय संक्रमितको संख्या २१२ जना रहेका छन् । तीमध्ये सुर्खेतका १९९, दैलेखका १२, जाजरकोट एक जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण