कोरोनाकाल : डिजिटल बैंकिङबाट खर्बौं भुक्तानी
पछिल्लो समय डिजिटल बैंकिङबाट भुक्तानी गर्ने क्रम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहरबाट अन्य क्षेत्र त्रस्त भएका बेला डिजिटल बैंकिङका लागि भने अवसर मिलेको बैंकरहरूको भनाइ छ ।
चालू आवको फागुनसम्ममा डिजिटल बैंकिङका १३ ओटा उपकरण तथा प्रविधिमार्फत ग्राहकले करीब ३ करोड ३५ लाख ७० हजारपटक कारोबार गरेका छन् । यी कारोबारबाट २१ खर्ब ५८ अर्ब ३५ करोड रुपैयाँ बराबरको रकम ट्रान्सफर भएको छ । तत्कालै भुक्तानी गर्न सकिने आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल र इन्टरनेट बैंकिङ, वालेट, ई–कमर्श, डेविट तथा क्रेडिट कार्डलगायत उपकरणबाट यी भुक्तानी भएका हुन् ।
दोस्रो लहरको कोभिड फैलिएसँगै समग्र व्यवसायमा चुनौती देखिए पनि डिजिटल बैंकिङ भने थप फस्टाउँदै गएको देखिन्छ । कोभिडको दोस्रो लहरमा डिजिटल बैंकिङ थप विस्तार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ र वालेटमार्फत भुक्तानी गर्ने संख्या अन्य प्रविधिको तुलनामा बढी देखिएको छ । फागुनमा मात्रै मोबाइल बैंकिङबाट १ करोड ८२ हजारपटक कारोबारमा रू. ४० अर्ब ३५ करोड हाराहारीको भुक्तानी भएको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण