बलिउड अभिनेता सोनु सुदको सहयोगमा पाए यी नेपाली युवाले नयाँ जीवन
कोभिड–१९ संक्रमण माझ देशभित्रै वा विदेशमा अलपत्र श्रमिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मेरुदण्डसम्बन्धी रोग ‘एंकाइलोजिङ स्पोन्डिलाइटिस’ बाट ग्रसित नेपाली युवकको उपचारमा मद्दत गरेका छन् ।
पर्वत, सिद्रे मूल घर भई हाल पोखरा, कोहुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बाथ रोगले थलिएका थिए । ‘हिँड्दाहिँड्दै कम्मरदेखि तल खुट्टाका आँख्ला (जोइन्ट) दुखेर उनलाई असाध्य हुने गरेको थियो’ पर्वतमा दुखजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्, ‘पछि त्यो दुखाइ काछ (जाँघ) को जोनी (हिप जोइन्ट) मा बेसी हुन थाल्यो । खुट्टा पनि बाँगिँदै गए, हिँडडुल गर्नै गाह्रो भयो ।’
मधुले गत फेब्रअरी १३ मा ट्वीटरमा सोनु सुद र उनको फाउन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ । विगत १० वर्षदेखि एंकाइलोजिङ स्पोन्डिलाइटिस रोगसँग लडिरहेको छु । एम्सका डाक्टरहरुले मलाई सर्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन । के तपाईँ मेरो मद्दत गर्न सक्नुहुन्छ ?’
यही पुकाराको सुनुवाइ गर्दै सुदले मधुको उपचारका लागि आर्थिक सहयोग दिएका थिए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण