कोरोना हटस्पट बन्दै वीरगन्ज, पर्सामा ११ को मृत्यु
कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिए । मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो । शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ । शनिबारसहित मृतक संख्या ११ पुगेको छ ।
शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो । त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ ।
पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ ।
नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन् । ‘मानिस किन यति हेलचेक्र्याईँ गर्छन् रु बुझ्नै सकिएन,’ डा। दासले भने, ‘दोस्रो फेजको कोरोना पहिलेजस्तो सामान्य होइन ।’
सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । संक्रमित संख्या शनिबार थप भएका ९० जनासहित १ हजार नाघेको छ ।
सक्रिय संक्रमित मात्रै अहिले ५ सय ७७ रहेको जिल्ला प्रशासन कार्यालयको कोभिडतर्फ तथ्यांक अपडेट गरिरहहेका प्रशासकीय अधिकृत विनय श्रीवास्तले जानकारी दिए । १५ दिनभित्र यति संख्या भेटिनु र मृतक संख्या अनपेक्षित बढ्नुले सामान्य नभएको उनको तर्क छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण