सगरमाथामा भुइँचालो जाँदा...
दिन मध्य हुँदै थियो । उनीहरू भर्खर क्याम्प २ पुगेका थिए । अचानक ठूलो हावाहुरीसहित हिमपात भयो । ढुंगाहरू बर्सिन थाले । टेन्टभित्र बसेका उनीहरू आत्तिए । ठाने– पक्कै डरलाग्दो हिमपहिरो गयो । सन् २०१५ अप्रिलको घटना हो यो । २२ वर्षीय अनिश लुइँटेल पहिलोपटक सगरमाथा यात्रामा थिए ।
झापाका उनी सिंगो जिल्लाको प्रतिनिधित्व गरेर सर्वोच्च चुचुरो चुम्ने अभियानमा थिए । उनीसहित भारत, अस्ट्रेलिया, बेल्जियमका १६ जनाको टोली थियो । हुँदाहुँदै टेन्ट नै हल्लिन थाल्यो । केही बेरमा डाँडै हल्लिएको महसुस भयो । यति बेला टोलीका हरेक सदस्यको मुहारमा डरबाहेक केही थिएन ।
‘एक छिन त डाँडाले झरेर किच्छ कि जस्तो फिलिङ आयो, बेस्सरी हल्लायो,’ अनिशले भने । हावा र हिमपातका कारण उनीहरू लामै समय टेन्टभित्र अड्किए । भोलिपल्ट मौसम केही सफा भयो । सबै जना क्याम्प १ फर्किए । उनीहरूले बल्ल थाहा पाए– हिमपहिरो मात्र होइन, शक्तिशाली भुइँचालो नै गएको रहेछ । हिमपहिरोमा परेर १० नेपालीसहित २२ जनाले ज्यान गुमाइसकेछन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण