शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उद्घाटन र शिलान्यास रोक्न प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

आइतबार, १२ वैशाख २०७८, १३ : ३१
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन् । 

उनले भनेका छन्– ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्दछु । कोरोना अनियन्त्रित र विकराल बन्दैछ । यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन् । दुःखको बेला जनता भरोसा खोजिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप