अक्षयकुमारले कोरोना पीडितका लागि दिए एक करोड
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले कोरोना पीडितका लागि एक करोड दिएका छन् । उनले कोरोना पीडितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भीरले बताए । उनले खाना, औषधी र अक्सिजनका लागि उक्त रकम दिने भएका हुन् ।
गौतमले ट्वीटमार्फत अक्षयकुमारको सहयोगको बारेमा जानकारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्दत आशाको किरण जस्तै हो । अक्षयकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सिजनका लागि गौतम गम्भिर फाउन्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’ गौतमले ट्वीटमा लखेका छन् ।
अक्षयले पनि गौतमको उक्त ट्वीटलाई रिप्लाई गरेका छन् । अक्षयले लेखेका छन्, ‘यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आशा गर्छु, छिट्टै यो समय पार होस् ।’ अक्षयको यस्तो मद्दत यो पहिलो भने होइन । गत वर्ष कोभिडको दौरानमा अक्षयले पीएम केयर्स फन्डमा २५ करोड दान दिएका थिए भने बिहार र असमका बाढी पीडितका लागि समेत उनले एक एक करोड दान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण