६ लाख २४ हजार रकमसहित १८ जुवाडे पक्राउ
पोखरा । पोखराबाट ठुलो रकमसहित १८ जुवाडे पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा चापापानीबाट ६ लाख २४ हजार रकमसहित जुवा खेल्ने र खेलाउने १८ जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–१२ चापापानीमा रहेको थकाली समाज घरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख २४ हजार ९४६ रकमसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जुवाको खालबाट ८ बुक तास, ६४ थान कौडा, तीन लाख र १ लाख पचास हजारका छुट्टाछुट्टै चेक, पाउण्ड स्ट्रलिङ २० डलर, ७ अमेरिकन डलर र ४ हजार ७ सय भारतीय रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको नवलपरासी पूर्वमा प्रहरी टोलीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासीको कावासोती नगरपालिका–१६ डण्डास्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई नगद २६ हजार ६ सय २५ नगद र तीन बुक ताससहित पक्राउ गरेको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बस्ने मनबहादुर श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले नगद १ लाख ११ हजार ४४० रुपैयाँ र १३ बुक तास बरामद गरेको छ । पक्राउ परेका सबैजना उपर जुवासम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण