रुपन्देहीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, ५ जना घाइते
आइतबार, १२ वैशाख २०७८, १८ : ०४
बुटवल । रुपन्देहीको तिलोत्तमामा आइतबार एक टिपरले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले तिलोत्तमा–१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।
दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा–१५ कि वर्ष १० की सरस्वती (जमुना ) हरिजन र वर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोही बसमा सवार अन्य ४ जना र टिप्पर चालकसमेत घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण