काठमाडौं उपत्यकासहित यी जिल्लामा निषेधाज्ञाको संकेत
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने भएको छ । त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।
आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ । किनभने, काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।
अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।
सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण