बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

दलहरू सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा

सोमबार, १३ वैशाख २०७८, ०७ : ३९
सोमबार, १३ वैशाख २०७८

कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफूविरुद्ध आउन सक्ने अविश्वास प्रस्ताव सामना गर्ने रणनीतिबारे छलफल गरे । यता करिब एक महिनाअघिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निष्कर्षमा पुगेको कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारीहरूको बैठक बस्यो ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको छ । ‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामीले स्थितिको समीक्षा गरिरहेका छौं ।’

कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी माओवादीसँग मिलेर एमालेकै नेता नेपाललगायतका सांसदले फ्लोर क्रस गर्ने योजना बनाइरहेको सूचना बालुवाटारमा निरन्तर रूपमा पुगिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप