पञ्जाव किङ्ग्समाथि कोलकाता नाइट राइडर्सको महत्त्वपूर्ण जित
अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार कोलकाता नाइट राइडर्सले पञ्जाव किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै महत्त्वपूर्ण दुई अंक हासिल गरेको छ ।
अंक तालिकाको पुछारमा रहँदै आएको कोलकाताले यो जितसँगै प्रतियोगितामा आफूलाई कायमै राख्न आत्मबल बढाएको हो । जितसँगै कोलकाताले ६ म्याचमा दुई जित र चार पराजयका साथ अंकतालिकामा पाँचौं स्थान कब्जा गरेको छ ।
कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ४७ रन बनाए । यस्तै राहुल त्रिपाठीले ४१, आन्द्रे रसेलले १० र दिनेश कार्तिकले १२ रन बनाए । पञ्जावका लागि मोइसिस हेनरिक, मोहम्मद शामी, अर्षदीप सिंह र दीपक होडाले एक एक विकेट लिए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको कोलकाताले पञ्जावलाई १२३ रनमा रोकेको थियो । पञ्जावका लागि मयंक अग्रवालले ३१, क्रिस जोर्डनले ३० रन बनाए भने कप्तान केएल राहुल र निकोलस पुरनले समान १९ रनको योगदान गरे । त्यस्तै शाहरुख खानले १३ रन बनाए ।
यस क्रममा कोलकाताका लागि प्रशिद्ध कृष्णाले तीन, पाट कमिन्स र सुनिल नारिनले दुई दुई विकेट लिए । यस्तै शिवम माभी र वरुण चक्रवर्तीले एक एक विकेट हात पारे । पराजयसँगै पञ्जाव भने अंक तालिकाको छैटौं स्थानमा झरेको छ । पञ्जावले ६ खेलमध्ये दुईवटामा जित र चारवटामा पराजय व्यहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण