वाणिज्य बैंकको निक्षेप संकलन प्रभावित
नयाँ वर्षको शुरुआतसँगै बैंकको निक्षेप संकलन प्रभावित बनेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकहरूको वैशाख पहिलो र दोस्रो साता निरन्तर निक्षेप संकलनमा संकुचन आएको छ । वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर विकास बैंक, वित्त कम्पनी तथा सहकारीहरूले दिएकाले ग्राहकहरू स्थानान्तरण भएको हुनसक्ने बैंकरहरू बताउँछन् ।
नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएर कुल निक्षेप ३९ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ । वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्यो ।
वैशाखका शुरुआती २ सातामा कर्जा प्रवाहमा समेत उतारचढाव आएको छ । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो साता ८ अर्ब रुपैयाँले घटेर रू. ३५ खर्ब ६५ अर्बमा सीमित थियो । तर, दोस्रो सातामा भने सुधार देखियो । कर्जा प्रवाह १७ अर्ब रुपैयाँले बढ्दा कुल कर्जा ३५ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले बताएको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण