किसानको ३५ करोड तिर्न बाँकी, डीडीसीले माग्यो ३० करोड ऋण
दुग्ध विकास संस्थान (डीडीसी)ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग ३० करोड सहुलियतपूर्ण ऋण माग गरेको छ । डीडीसीले किसानलाई माघदेखि दूधको भुक्तानी दिएको छैन, सोही भुक्तानीका लागि सरकारसँग सहुलियत ऋण मागेको कृषि मन्त्रालयका (पशुपन्छीतर्फ) निमित्त सचिव डा. विमल निर्मलले बताए ।
डीडीसीका कार्यवाहक अध्यक्षसमेत रहेका सचिव निर्मलले कोभिड–१९ का कारण भएको बन्दाबन्दीको समयमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नहुँदा पुँजी होल्ड भएको र अहिले किसानलाई समेत भुक्तानी दिने रकम नरहेको बताए । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले करिब तीन महिनाको ३५ करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको र बन्दाबन्दीमा बिक्री वितरणमा आएको गिरावट अझै नसुध्रिएका कारण सरकारसँग सहुलियत ऋण माग गरेको बताए ।
कृषि मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग कुराकानी भइरहेको र औपचारिक पत्र भोलि/पर्सितिर बुझाउने उनले बताए । डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाका अनुसार करिब एक अर्ब रुपियाँ बराबरको दुग्धजन्य पदार्थ भण्डारमा थन्किएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण