सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षा दिन हिँडेकी छात्राको लडेर मृत्यु

मङ्गलबार, १४ वैशाख २०७८, १५ : ५०
मङ्गलबार, १४ वैशाख २०७८

सल्यान । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् ।  

छत्रेश्‍वरी-१ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको आज बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा बाटामै सल्ली कुसुममा चिप्लिएर लडेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप