सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थल आवत-जावत गर्ने यात्रु ओसार्न प्रिपेड ट्याक्सी चलाउने तयारी

मङ्गलबार, १४ वैशाख २०७८, ०९ : ५१
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबारदेखि सवारी साधन चलाउन निषेध गरिएको छ । हवाई उडान सुचारु नै रहने हुनाले विमानस्थल आवतजावत गर्ने यात्रुका लागि प्रिपेड ट्याक्सी सुचारु गर्ने अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयको तयारी छ । 

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले टिकट देखाएर विमानस्थलसम्म जान पाउने निर्णय गरेका छन् । तर, निजी सवारी नभएका यात्रुका लागि प्रिपेड ट्याक्सीलाई सुचारु गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले रातोपाटीलाई बताए । 

‘प्रिपेड ट्याक्सीमार्फत यात्रुलाई आवत–जावत गराउने तयारी गरिरहेका छौं’ महाप्रबन्धक तिवारीले भने– ‘निषेधाज्ञाको बीचमा विमानस्थल खुल्ला हुने हुनाले यहाँको लागि डेडिकेटेड यातायातको व्यवस्थापन गर्नेबारे छलफल भइरहेको छ ।’ 
विमानस्थलमा ५ हजार कर्मचारी कार्यरत छन् । निजी सवारी नभएका कर्मचारीका लागि यातायातको व्यवस्थापन गर्नेगरी पनि उपत्यकाका प्रजिअहरुसँग छलफल भइरहेको तिवारीले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाट डोमेष्टिकतर्फ दैनिक १ सय २९ र अन्तर्राष्ट्रियतर्फ १६ जहाजले उडान भरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप