अभिनेत्री फातिमाले लिइन् सामाजिक सञ्जालबाट ब्रेक
मुम्बई । पछिल्लो समय सामाजिक सञ्जाल हरेक मानिसको जिन्दगीको एक महत्वपूर्ण हिस्सा बनेको छ । सेलिब्रेटी पनि आफ्नो जीवनको उतारचढाव सामाजिक सञ्जालमार्फत शेयर गर्ने गर्दछन् । केही समय पहिले अभिनेता आमिर खान र अभिनेत्री वरीना हुसेनले सामाजिक सञ्जालबाट आफुलाई अलग बनाएका थिए । अहिले भने अभिनेत्री फातिमा सना शेखले सामाजिक सञ्जालबाट आफुलाई अलग बनाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले सामाजिक सञ्जालबाट टाढा भएको जनाएकी हुन् ।
उनले इन्स्टाग्राम स्टोरीमा आफुले सामाजिक सञ्जालबाट ब्रेक लिएको लेखेकी छन् । जसमा उनले क्यानलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् । उनको पोष्टलाई देखेर फ्यान हैरान छन् । उनीसँग विभिन्न प्रश्न गरिरहेका छन् ।
कामको कुरो गर्ने हो भने अभिनेत्री पछिल्लो समय फिल्म ‘अजीव दास्तान्स’ देखिएकी छन् । फिल्म नेटफ्लिक्समा रिलिज भएको छ । यसको अलवा अभिनेत्री फिल्म लुडो, दंगल र सुरज पे मंगल भारीमा पनि देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण