अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल भारत छोड्न आह्वान
अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ । अमेरिकाले भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरिएको छ ।
अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।
#India: Access to medical care is severely limited due to COVID-19 cases. U.S. citizens wishing to depart should use available commercial options now. Daily direct flights to the US and flights via Paris and Frankfurt are available. https://t.co/p5a3v5ws9y pic.twitter.com/LqHhCiZVEg
— Travel - State Dept (@TravelGov) April 28, 2021
अमेरिकाले चार श्रेणीको ट्राभल हेल्थ नोटिस जारी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतलाई कोरोना संकटसँग जुध्नका लागि थुप्रै स्तरमा मद्दत गर्ने घोषणा गरेका बेला यस्तो आदेश जारी गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले हेल्थ अलर्ट जारी गर्दे भनेको छ, ‘भारतमा कोरोनाको नयाँ मामिला र यसका कारण हुने मृत्युको आँकडाले हरेक दिन रेकर्ड तोडिरहेको छ । कोभिड–१९ परीक्षणको सुविधा पनि सिमित छन् । अस्पतालमा स्वास्थ्य सामग्रीको आपूर्तिको विषयमा महामारीको स्थिति छ । यसका साथै नयाँ बिरामीका लागि अस्पतालमा कुनै बेड खाली छैन ।’
अमेरिकी एड्भाइजरीमा कोभिडको बढ्दो मामिलाका कारण मेडिकल सुविधा ध्वस्त भएको छ । यसमा अमेरिकी नागरिकलाई भारतबाट आउने फ्लाइटबाट सिधै आउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण