नीजि अस्पतालले चलाएको कोभिड अस्पतालको उपचार खर्च सरकारले ब्यहोर्ने
विराटनगर । नीजि अस्पतालले चलाएको छुट्टै कोभिड अस्पतालको उपचारको व्यय भार अब सरकारले व्यहोर्ने भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्वास्थ्य मन्त्रालयबीच उक्त सम्झौता भएको हो सम्झौताअनुसार आजबाट नोबेलले चलाएको कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमितको उपचारको व्ययभार सरकारले व्यहोर्ने भएको हो ।
अस्पतालका अध्यक्ष डा. सुनील शर्माले स्वास्थ्य मन्त्रालय र नोवेलबीच बिहिबार कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको उपचार अस्पतालले निःशुल्क गर्ने बताए । उनले अस्पताल भर्ना भएका संक्रमितको उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने सहमति भएको पनि रातोपाटीलाई बताए ।
अस्पतालका प्रबन्धक नारायण दाहालले हाल अस्पतालको कोभिड अस्पतालमा १७ जना संक्रमित भर्ना भई उपचाररत रहेको बताए । उनले केही दिनयता कोरोना संक्रमण भएर गम्भीर खालका स्वास्थ्य समस्या भएका बिरामीहरु अस्पताल आउने क्रम बढेको पनि जानकारी दिए।
अस्पतालले कुल १५० बेडको छुट्टै कोरोना युनिट सञ्चालनमा ल्याएको थियो। जसमा हाल भेन्टिलेटरसहितको २६ बेडको कोभिड युनिट सञ्चालनमा रहे पनि बिरामीको संख्यामा हुने वृद्धिसँगै बेड संख्या पनि क्रमिक रुपमा बृद्धि गर्दै लैजाने तयारी रहेको प्रबन्धक दाहालले बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण