धुर्मुसलाई सिंहदरबारमा बोलाएर क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्रीको चासो

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेटेर उपप्रधानमन्त्री पोखरेलले रंगशालाबारे चासो राखेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल भएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए । भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी एवं प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेसनको प्रशंसा गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने बताएका थिए ।
उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेको पाण्डेले बताए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैंले बोलाएर चासो लिएको भन्दै उपप्रधानमन्त्री पोखरेललाई धन्यवाद दिए ।
उपप्रधानमन्त्री पोखरेलसँगको भेटमा कट्टेलले भने, ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो । नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं ।’ अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको कट्टेलले उपप्रधानमन्त्रीलाई जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।
धुर्मुसले भने, ‘हाम्रो कुनै स्वार्थ छैन्, विशुद्ध कलाकार हो । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो उर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुसीमा खाममा दाम, दुःखमा सहयोग खै : के हामी नयाँ संस्कार सुरु गर्न सक्दैनौँ ?
-
मस्कले ल्याए एक्सच्याट, यस्ता छन् फिचरहरू
-
सल्यानका राई नेपालगन्जमा राय, लखनउमा पुग्दा गुप्ता बनेर लुके
-
रास्वपा संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल
-
सुदूरपश्चिम प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४ र २५ गते हुने
-
‘शक्तिशाली’ सहसचिवलाई सीडीओ बनाउन कार्यविधि लत्त्याउँदै गृहमन्त्री