बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४ र २५ गते हुने

सोमबार, १९ जेठ २०८२, १७ : २९
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १५औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता जेठ २४ र २५ गते कैलालीमा आयोजना गर्ने भएको छ।
  • प्रतियोगितामा सुदूरपश्चिमका ९ जिल्लाका खेलाडी सहभागी हुनेछन् र राष्ट्रिय प्रतियोगिता काठमाडौंमा जेठ २८, २९ र ३० गते हुनेछ।
  • प्रदेश सरकार र खेलकुद परिषद्को कम सक्रियताप्रति चिन्ता व्यक्त गर्दै प्रदेश खेलकुद महासंघ र अन्य संघका पदाधिकारीले मुख्यमन्त्रीलाई भेटेका थिए।

कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १५ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ २४ र २५ गते कैलालीको धनगढीमा हुने भएको छ । 

खेलकुद परिषद्ले सोमबार जारी गरेको सूचनामा सुदूरपश्चिमका ९ वैट जिल्ला (डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम र दार्चुला) लाई प्रतियोगितामा सहभागी हुन परिपत्र गरिएको छ ।

खेलकुद परिषद्का प्रशासनिक अधिकृत टोप बहादुर बिष्टले हस्ताक्षर गरेको पत्र अनुसार, राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनौट गरिनेछ । उक्त राष्ट्रिय प्रतियोगिता जेठ २८, २९ र ३० गते काठमाडौंमा आयोजना हुने तय भएको छ ।

हालसम्म पनि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा सदस्य सचिव लगायतका पदाधिकारीहरूको नियुक्ति हुन बाँकी रहेको छ ।

प्रतियोगिताको मिति नजिकिँदै गर्दा समेत प्रदेश सरकार र खेलकुद परिषदको सक्रियता कम देखिएकाले, प्रदेश खेलकुद महासंघ र कैलालीका ६ वटा खेलकुद संघका पदाधिकारीहरूले जेठ १८ गते प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई भेटेर  ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप