सुदूरपश्चिम प्रदेशस्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २४ र २५ गते हुने
सारांश
- सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १५औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट प्रतियोगिता जेठ २४ र २५ गते कैलालीमा आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा सुदूरपश्चिमका ९ जिल्लाका खेलाडी सहभागी हुनेछन् र राष्ट्रिय प्रतियोगिता काठमाडौंमा जेठ २८, २९ र ३० गते हुनेछ।
- प्रदेश सरकार र खेलकुद परिषद्को कम सक्रियताप्रति चिन्ता व्यक्त गर्दै प्रदेश खेलकुद महासंघ र अन्य संघका पदाधिकारीले मुख्यमन्त्रीलाई भेटेका थिए।
कैलाली । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १५ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता यही जेठ २४ र २५ गते कैलालीको धनगढीमा हुने भएको छ ।
खेलकुद परिषद्ले सोमबार जारी गरेको सूचनामा सुदूरपश्चिमका ९ वैट जिल्ला (डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बझाङ, बाजुरा, बैतडी, अछाम र दार्चुला) लाई प्रतियोगितामा सहभागी हुन परिपत्र गरिएको छ ।
खेलकुद परिषद्का प्रशासनिक अधिकृत टोप बहादुर बिष्टले हस्ताक्षर गरेको पत्र अनुसार, राष्ट्रियस्तरको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन प्रदेशस्तरीय प्रतियोगिताबाट खेलाडी छनौट गरिनेछ । उक्त राष्ट्रिय प्रतियोगिता जेठ २८, २९ र ३० गते काठमाडौंमा आयोजना हुने तय भएको छ ।
हालसम्म पनि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदमा सदस्य सचिव लगायतका पदाधिकारीहरूको नियुक्ति हुन बाँकी रहेको छ ।
प्रतियोगिताको मिति नजिकिँदै गर्दा समेत प्रदेश सरकार र खेलकुद परिषदको सक्रियता कम देखिएकाले, प्रदेश खेलकुद महासंघ र कैलालीका ६ वटा खेलकुद संघका पदाधिकारीहरूले जेठ १८ गते प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकास मन्त्री मेघराज खड्कालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण