गण्डकीमा लफडा : सांसदहरुको सुरक्षा गर्न तीन दलको माग
काठमाडौं । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन राजनीतिक दलले प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको माग गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गण्डकी प्रदेश संसदीय दलका नेताहरुले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरुलाई धम्की र प्रलोभन देखाउने काम भएको भन्दै सांसदहरुको सुरक्षाको माग गरेका हुन् ।
काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जसपाका हरिशरण आचार्यद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेशसभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गरियोस् ।’
उनीहरुले जनमोर्चाका सांसद खीमविक्रम शाहीको पिसिआर रिपोर्टहरूको छानविन गरी प्रयोगशालाहरुको विश्वसनियताको जाँच गर्न समेत माग गरेका छन् । उनीहरुले चरक अस्पतालको सिसिटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्न समेत माग गरेका छन् । वैशाख १५ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी भैरहेका बेला जनमोर्चाका सांसद शाही एक्कासि अस्पताल भर्ना भएको खबर बाहिरिएको थियो । उनको स्वास्थ्य परीक्षण रिपोर्ट समेत फरक फरक आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण