इजराइलः धार्मिक आयोजनाका बेला भागदौड, ३८ को मृत्यु
इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
यो पर्व इजराइलमा कोरोना महामारी सुरु भएपछि भएको हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो जसका लागि हज्जारौं मानिस जम्मा भएका थिए ।
इजराइली राष्ट्रपति बिन्यामिन नेतन्याहूले यो घटनालाई ‘ठूलो विपद्’ बताउँदै हताहतीमा ज्यान गुमाउनेका लागि प्रार्थना गरिरहेको बताएका छन् ।
इजराइलको राष्ट्रिय आपतकालीन सेवा मेगेन डेविड एडम (एमडीए)ले मृतकको संख्या नबताइकनै मानिसहरुको मृत्यु भएको बताएको छ ।
तर स्थानीय पत्रिका हारेत्जले कम्तीमा ४४ जनाको मृत्यु भएको बताएको छ ।
के भयो ?
पूर्वोत्तर इजराइलमा माउन्ट मेरोन पहाड मुनी मेरोन शहरमा हरेक वर्ष हज्जारौं परम्परावादी यहूदी मानिसहरु लाग–बोमर नामको पर्व मनाउन जान्छन् ।
यो स्थानमा दोस्रो शताब्दीका यहूदी सन्त रब्बी शिमान बार योचाइको समाधिस्थल छ । यसलाई यहूदी जगतको सबैभन्दा ठूलो धामिर्क स्थल मानिन्छ ।
लाग बोमर पर्व मनाउँदै गर्दा त्यहाँ श्रद्धालु आगो बालेर प्रार्थना गर्छन् र नाच्ने गाउने गर्छन् ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण यो पर्व रद्द गरिएको थियो तर यसपटक इजराइलमा खोप उपलब्ध भएका कामरण यसको आयोजना गरिएको थियो ।
टाइम्स अफ इजराइलका अनुसार आयोजकले बिहिबार रातीको आयोजनामा एक लाख मानिसको सहभागिता रहेको र शुक्रबार पनि मानिसहरु आउने तयारीमा भएको जानकारी दिए ।
दुर्घटनाबारे सुरुवाती रिपोर्टमा त्यहाँको संरचना भत्किएको बताएपनि अधिकारीले पछि त्यहाँ भागदौड मच्चिएको भन्ने जानकारी दिए ।
प्रहरी स्रोतले पत्रिका हारेत्जलाई केही मानिसहरु सिँढीमा लडेको र त्यसैकारण धेरै मानिसहरु लड्नै गएका कारण भागदौड मच्चिएको जानकारी दिए ।
इन्टरनेटमा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार यो आयोजनाका लागि हज्जारौं मानिसहरु जम्मा भएको देख्न सकिन्छ ।
एक रुढीवादी यहूदी वेबसाइटका संवाददाताले बीबीसीलाई दिएको जानकारीका अनुसार एक हजारभन्दा बढी मानिस एउटा निकै साँघुरो बाटोबाट एउटा सानो स्थानमा जाने कोसिस गरिरहेका छन् र उनीहरु एक–अर्कामाथि खस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण