स्पेसएक्सले एक वर्षमा तेस्रो पटक पठायो मानवयुक्त अन्तरिक्षयान
स्पेश एक्सले २३ अप्रिलमा चारजना अन्तरिक्ष यात्रीलाई एकपटक प्रयोग भइसकेको रकेट तथा यानलाई नयाँ तरिकाबाट बनाएर अन्तरिक्षमा पठाएको छ । संसारका सबैभन्दा धनी व्यापारी एलन मस्कको उक्त कम्पनीले एक वर्षको अवधिभित्रै तेस्रो पटक मानवयुक्त यान अन्तरिक्षमा पठाएको हो ।
अमेरिका, जापान तथा फ्रान्सका यी अन्तरिक्ष यात्री २४ अप्रिलको बिहान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुगेका थिए । उनीहरु यस ड्रागन यानमा २३ घण्टाको यात्रा गरेर स्पेश स्टेशनमा पुगेका थिए । स्पेश एक्सले पहिलो मानवयुक्त उक्त यानको प्रयोग गत वर्षको मे महिनामा गरेको थियो ।
स्पेश एक्सले नासाका लागि अन्तरिक्ष यात्री पठाउनका लागि कुनै यान तथा रकेटको पुनःप्रयोग पहिलो पटक गरेको हो । रकेटको प्रयोग भने पछिल्लो नोभेम्बरमा दोस्रो मानवयुक्त अन्तरिक्ष उडानका लागि भएको थियो ।
अन्तरिक्ष यानका कमाण्डर शाने किमब्रोग तथा उनका साथीले एक हप्ता अघि रकेटबाट निस्कने धुवाँबाट आफ्नो नामको पहिलो अक्षर लेखेर नयाँ परम्परको सुरुवात भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्णिम वाग्लेलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भनेपछि...
-
बिजुलीको भ्याटमा सीमा बढाउने तयारी
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण