शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतका वरिष्ठ टिभी पत्रकारको निधन, एक हप्ता अघि भएका थिए कोरोनाद्वारा संक्रमित

शुक्रबार, १७ वैशाख २०७८, १५ : ०४
शुक्रबार, १७ वैशाख २०७८

लोकप्रिय टिभी पत्रकार तथा कार्यक्रम प्रस्तोता रोहित सारदानको निधन भएको छ । ४२ वर्षका रोहित सारदानले ६ दिन अघि अर्थात् २४ अप्रिलमा सिटी स्क्यानमा आफू कोरोनाद्वारा संक्रमित भएको पाइएको जानकारी ट्वीटरमार्फत् दिए ।

त्यतिबेला उनले आफ्नो स्थिति राम्रो भइरहेको बताएका थिए । उनको मृत्यु हृदयगति रोकिएका कारण भएको च्यानलले जानकारी दिएको छ ।

रोहित सरदानाका सहकर्मी र इन्डिया टुडेका वरिष्ठ पत्रकार राजदीप सरदेसाईले पनि ट्वीट गरेर रोहितको मृत्युको पुष्टि गरेका छन् ।

राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वेष बिना बहस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद कर्नाटकमाथि सर्वोच्च अदालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो । शो समाप्त भएपछि रोहितले भने, ‘बस आज निकै मजा आयो । रोहित उत्साही पत्रकार र उद्घोषक थिए । श्रद्धाञ्जली रोहित ।’

राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्यु हृदयघातका कारण भएको बताएका छन् ।

शुक्रबार अपरान्ह जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ट्वीट गरेर रोहितको मृत्युको जानकारी दिए । रोहित जी न्यूजमा उनका सहयोगी थिए ।

सुधिरले आफ्नो ट्वीटमा लेखेका छन्, ‘केही बेर अघि एउटा फोन आयो । उनले जे भने, त्यो सुनेर मेरो हात काँप्न थाल्यो । हाम्रो मित्र र सहयोगी रोहित सरदानाको मृत्युको खबर थियो । यो भाइरसल हाम्रो निकै नजिकबाट कसैलाई उठाएर लैजान्छ भनेर मैले कल्पना गरेको थिइनँ । यसका लागि म तयार थिइनँ । यो भगवानको अन्याय हो । ॐ शान्ति ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप