गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिए पछि मुस्ताङ जिल्ला अस्पतालमा भर्ना गरिएकी धरजोङ गाउँपालिका ४ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल मुस्ताङमा भर्ना गरिएकी महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनलाई बैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उच्च रक्तचाप र चिनी रोग लगायतको दीर्घरोगी भएको डा.शर्माले बताए । गण्डकी प्रदेशका मुस्ताङ र मनाङ जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । मुस्ताङ कोरोनाबाट मृत्यु भएको यो नै पहिलो घट्ना हो ।
यसअघि गण्डकी प्रदेशमा आजै २ जनाको मृत्यु भएको छ । पोखराकी एक महिला र स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ३८८ पुगेको छ । तीमध्ये १६ हजार ८१० जना निको भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण