एकै परिवारका आठ जना कोरोना संक्रमित, आमापछि छोराको मृत्यु
इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी परिवारकै ज्येष्ठ सदस्य ८४ वर्षीया आमाको तीन दिनअघि मृत्यु भएको थियो।
शनिबार भने ६४ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीमा एकपछि अर्को गरी कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए। इनरुवासँगै इटहरी र धरानका कोरोना संक्रमितको मृत्यु भएको हो। सुनसरीमा अहिले ३ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण