संकटका बेला अत्यावश्यक वस्तुको भाउ लाग्यो उकालो
कोरोनाको दोस्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक वस्तुको भाउ उकालो लागेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, यकिन नभएकाले सर्वसाधारणले खाद्यान्न मौज्दातसमेत गर्न थालेका छन् ।
दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छन्,’ उनले भने, ‘त्यसको फाइदा उठाउँदै ठूला व्यवसायी (होलसेल र उत्पादक) ले चलखेल गरे । सबैको मिलेमतोमा मूल्य बढाइयो ।’
खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको हो । होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
‘मूल्यवृद्धिबारे सम्बन्धित निकायमा जानकारी गराएका छौं । मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेनन् । सानो टुक्रा कागजमा बिल दिने गरेका छन् । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘बिल पाएको भए मूल्यसूची राख्न हुन्थ्यो । साना व्यापारीलाई समस्या भयो, त्यसैले स्रोतमै अनुगमन गर्न आग्रह गरिरहेका छौं ।’ जब जब नेपालमा संकटको अवस्था आउँछ, व्यवसायीले सबैभन्दा पहिले मूल्यवृद्धि गर्ने गरेको सरोकारवाला बताउँछ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण