गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु
आइतबार, १९ वैशाख २०७८, १३ : ३६
गुल्मी । गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका ५ हसराका ६० वर्षीय पुरुषको घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय, कोभिड १९ का फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।
उनका अनुसार ती ब्यक्ति पहिल्यै देखि क्षयरोगका बिरामी थिए । मृत्युपश्चात उनमा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको कार्कीले बताए । पछिल्लो गुल्मीमा दुई हप्तामा मृत्यु हुने संक्रमितको संख्या १० पुगेको छ ।
दुई हप्ताअघि १३ जनाको मात्रै मृत्यु भएको थियो । योसहित गुल्मीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको हो । जिल्लामा कुल संक्रमितको संख्या २२९ पुगेको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
-
गृहमन्त्रीद्वारा जिल्ला प्रहरी कार्यालय गोरखाको अनुगमन, निष्पक्ष अनुसन्धान गर्न निर्देशन
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण