अस्पतालबाट डिस्जार्च भएपछि मदकृष्ण श्रेष्ठले भने- ‘जिन्दगी केही रहेनछ’
काठमाडौं । कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गत ११ गते ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका श्रेष्ठले एक भिडियो सन्देश जारी गर्दै आफु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
श्रेष्ठले जीन्दगी केही नभएको बताएको भिडियोमा सबैमा सतर्क रहन अनुरोध गर्दै कोरोनाको महासंकट समयमा सबैलाई माया गर्न र राम्रो सोच्न राख्न समेत अनुरोध गरेका छन् । ‘जिन्दगी केही रहेन छ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँ जस्तो लाग्थ्यो । हावा रहेछ सबै’ उनले अगाडि लेखेका छन्, ‘यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफनो मनलाई फोहोर नबनाऊँ ।’
कोरोनाको अनुभव समेत सुनाएका श्रेष्ठले अगाडि भनेका छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ अहिले महशुस गरेँ ।’ पहिलेको र अहिलेको कोरोना फरक भएको समेत श्रेष्ठले बताएका छन् । आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको बताएका श्रेष्ठले आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाई रहेको छ । आफ्नो छिमेकी भगवान रहेको समेत बताएका श्रेष्ठले अगाडि थपेका छन्, ‘अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई परास्त गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण