दाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

दाङ । यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना सङ्क्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए ।
तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।
यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना सङ्क्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वली जानकारी दिए । अक्सिजन अभाव हुँदा सङ्क्रमितको ज्यान जोखिममा परेको हो । “हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको अहिले स्थिति सङ्कटपूर्ण हुन लागिसक्यो”, उनले भने । हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमजोर पूर्वाधारबिच फट्को मार्दै युवा पुस्ता
-
प्रेमीसँग फेला परेकी पत्नीको नाक टोकिदिएपछि...
-
आइएमई पे र खल्तीबिचको मर्जरमा राष्ट्र बैंकले दियो अन्तिम कारोबारको स्वीकृति
-
हरित अर्थतन्त्रको प्रवर्द्धनमार्फत आर्थिक वृद्धिका चुनौतीको सामना गर्नसक्छौँ : उपप्रधानमन्त्री पौडेल
-
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
-
१४ सरकारी अस्पतालबाट सहुलियतमा क्यान्सरको उपचार हुने