कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाह बन्द
आइतबार, १९ वैशाख २०७८, १४ : ४६
पश्चिम दैलेखको आठबीस नगरपालिकाले पालिकाबाट प्रवाह गरिने सेवा वैशाख २५ गतेसम्मका लागि बन्द गरेको छ ।
नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको हो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै सेवा प्रवाह बन्द गरिएको पालिकाले जानकारी गराएको हो। नगरप्रमुख खड्गराज उपाध्यायले भने ,‘कर्मचारीमा कोरोना देखिएकाले अत्यावश्यक बाहेक अन्य सेवा सुविधा बन्द गरिएको हो ।’
भोली सोमबार बिहान ६ बजेदेखि २५ गते राति १२ बजे सम्मका लागि सेवा बन्द गरिएको नगरपालिकाले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण