दुवैतिर ४० सांसद, सरकार गठनका लागि कसलाई निम्त्याउलान् प्रदेश प्रमुखले ?
लुम्बिनी प्रदेशमा राजनीतिक घटनाक्रम तीव्र रुपमा परिवर्तन हुँदै गएको छ । विपक्षी दलहरु संख्यात्मक रुपमा कमजोर हुँदै गएको अवस्थामा तुलनात्मक रुपमा बलियो र सुरक्षित मानिएको सरकार यतिबेला ‘कामचलाउ’ मा सीमित भएको छ ।
आइतबार मुख्यमन्त्री शंकर पोखरेलले अचानक पदबाट राजीनामा दिएसँगै उनी नेतृत्वको सरकार काम चलाउ हैसियतमा पुगेको हो ।
त्यसो त, एकल बहुमतको सरकार गठन गर्ने तयारीमा रहेका पोखरेललाई सांसद विमला खत्रीले आफू नेकपा माओवादी केन्द्रमा सामेल हुने निर्णय लिएपछि ठुलो झट्का लागेको हो ।
एमालेका ४१ सांसद रहेको आधारमा एकल बहुमतको सरकार गठन गर्ने तयारीमा जुटेका पोखरेललाई सांसद खत्रीले आफू एमालेमा नरहने लिखित जानकारी प्रदेश सभालाई गराएसँगै नराम्रो धक्का लागेको छ । खत्री माओवादी केन्द्रमा सामेल भएसँगै प्रदेशसभामा एमालेको पक्षमा ४० सांसद पुगेका छन् भने काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गरी विपक्षी गठबन्धनमा पनि ४० सांसद नै पुगेका छन् ।
विपक्षी गठबन्धनले ४० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्रीमा पोखरेललाई सपथ नगराउन ध्यानाकर्षण गराइसकेको छ । एमालेसँग ४० सांसद रहेको र आफूहरुसँग पनि ४० सांसद नै रहेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई एमालेसँग एकल बहुमतको सरकार गठन गर्ने आधार गुमिसकेको दावी गरेको छ ।
प्रदेश प्रमुखले भने सरकार गठनका लागि कसलाई बोलाउने हो भन्ने प्रस्ट भइसकेको छैन । तर काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानका अनुसार प्रदेश प्रमुखले आफू विधि, पद्धतिबाट बाहिर गएर कुनै पनि निर्णय नलिने बताएका कारण पनि विपक्षी दलहरुले गठबन्धनको सरकार बनाउन अवसर पाउने आधार बलियो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
