बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

खोप लगाइदिने बहानामा युवतीको सामूहिक बलात्कार

आइतबार, १९ वैशाख २०७८, १५ : ३७
आइतबार, १९ वैशाख २०७८

एजेन्सी । भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । 

प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा ती युवतीलाई लगे, अनि दुर्व्यवहार सुरु गरे । 
पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधे र मुखमा पनि रुमाल कोचिदिए । त्यसपछि सामूहिक बलात्कार गरेर उनीहरु फरार भए ।  प्रहरी अधिकारी भन्छन्, ‘केही समयपछि आफुलाई मुक्त गरेर पीडित घर पुगिन् र परिवारका सदस्यहरुसँग आफुसँग घटेको घटनाबारे भनिन् । त्यसपछि स्थानीय पुलिसलाई सम्पर्क गरियो ।’

आरोपितहरु जमुनानगरमा बस्थें । प्रहरीले आज बिहान उनीहरुको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार पीडितको मेडिकल परीक्षण भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप