पोखरामा एकै दिन थप ३१४ जनामा कोरोना पुष्टि
आइतबार, १९ वैशाख २०७८, १७ : ०७
पोखरा । पोखरामा कोरोना भाइरस संक्रमण तीव्र बृद्धि भएको छ । पछिल्लो समय दिन प्रतिदिन पोखरामा अस्वभाविक रुपमा संक्रमण बृद्धि भएको हो । आइतबार पोखरा महानगरका विभिन्न वडामा थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण