गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशमा थप ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार प्रदेशको राजधानी पोखरामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलोपटक हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्यु भएको छ । त्यसैगरी स्याङजामा १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै नवलपरासी पूर्वमा २९, म्याग्दीमा २३, तनहुँमा १४, मुस्ताङमा १३, पर्वतमा ९ जना, लमजुङमा ८ जना र मनाङका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार २ सय २१ पुगेको छ । प्रदेशमा ६४ जना उपचार पछि डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ । त्यस्तै प्रदेशमा आज थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ सय ३२ पुगेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण