शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, २० वैशाख २०७८, १२ : २४
सोमबार, २० वैशाख २०७८

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
 कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका–१२ स्थित ढवाहमा ठक्कर दिँदा कपिलवस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप