भारत : कर्नाटकको अस्पतालमा अक्सिजनको कमीका कारण १२ को मृत्यु
भारतको कर्नाटकको चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमीका कारण कम्तीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले आफूहरुले विभिन्न कोसिस गर्दा पनि ंबिरामीको अक्सिजन लेभल सामान्य गर्न नसकिएका कारण उनीहरुको मृत्यु भएको बताएका छन् ।
मेडिकल कलेजका डीन डाक्टर जीएम संजीवले बीबीसी हिन्दीको कुराकानीमा भने, ‘राती १२ बजेदेखि २ बजेबीच अक्सिजन प्रेशर कम भयो । १२२ बिरामीमध्ये, १२ बिरामी कोभिडबाहेक पनि कुन न कुनै गम्भीर रोगबाट पीडित थिए । हामीले प्रेशरलाई बढाउन विभिन्न कोसिस गर्यौं तर आज बिहानसम्म हामीले १२ बिरामीलाई बचाउन सकेनौं ।’
यी सबै बिरामी भेन्टिलेटरमा थिए ।
डाक्टर संजीवका अनुसार अक्सिजनको प्रेसर खस्कँदा अक्सिजनको सप्लाई रोकिएको थियो ।
उनले भने, ‘हरेक ३५ मिनेटमा हामीलाई १० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ तर हामीले समयमा नै अक्सिजन पाउन सकेनौं र राती १२ बजेदेखि २ बजेका बीच अक्सिजन लेभल तल झर्‍यो ।’
‘वास्तवमा अक्सिजन सिलिन्डर ढुवानीका कारणले पुग्न ढिलो भएको थियो किनभने हामीले अक्सिजन मैसुर प्लान्टबाट पाउँछौं । कूल हामीले २ सय सिलिन्डर पाएका छौं, ५० सिलिन्डर अझै स्टकमा छ र केही नयाँ सिलिन्डर आउँदैछन् ।’
यसबाहेक ११ अन्य बिरामीको पनि अस्पतालमा मृत्यु भएको छ । यद्यपि, यी बिरामी अक्सिजन सपोर्टमा थिएनन् र उनीहरुको मृत्युको कारण अरु केही नै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण