शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारत : कर्नाटकको अस्पतालमा अक्सिजनको कमीका कारण १२ को मृत्यु

सोमबार, २० वैशाख २०७८, १२ : ५३
सोमबार, २० वैशाख २०७८

भारतको कर्नाटकको चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमीका कारण कम्तीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले आफूहरुले विभिन्न कोसिस गर्दा पनि ंबिरामीको अक्सिजन लेभल सामान्य गर्न नसकिएका कारण उनीहरुको मृत्यु भएको बताएका छन् ।  

मेडिकल कलेजका डीन डाक्टर जीएम संजीवले बीबीसी हिन्दीको कुराकानीमा भने, ‘राती १२ बजेदेखि २ बजेबीच अक्सिजन प्रेशर कम भयो । १२२ बिरामीमध्ये, १२ बिरामी कोभिडबाहेक पनि कुन न कुनै गम्भीर रोगबाट पीडित थिए । हामीले प्रेशरलाई बढाउन विभिन्न कोसिस गर्‍यौं तर आज बिहानसम्म हामीले १२ बिरामीलाई बचाउन सकेनौं ।’

यी सबै बिरामी भेन्टिलेटरमा थिए ।

डाक्टर संजीवका अनुसार अक्सिजनको प्रेसर खस्कँदा अक्सिजनको सप्लाई रोकिएको थियो ।

उनले भने, ‘हरेक ३५ मिनेटमा हामीलाई १० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ तर हामीले समयमा नै अक्सिजन पाउन सकेनौं र राती १२ बजेदेखि २ बजेका बीच अक्सिजन लेभल तल झर्‍यो ।’

‘वास्तवमा अक्सिजन सिलिन्डर ढुवानीका कारणले पुग्न ढिलो भएको थियो किनभने हामीले अक्सिजन मैसुर प्लान्टबाट पाउँछौं । कूल हामीले २ सय सिलिन्डर पाएका छौं, ५० सिलिन्डर अझै स्टकमा छ र केही नयाँ सिलिन्डर आउँदैछन् ।’

यसबाहेक ११ अन्य बिरामीको पनि अस्पतालमा मृत्यु भएको छ । यद्यपि, यी बिरामी अक्सिजन सपोर्टमा थिएनन् र उनीहरुको मृत्युको कारण अरु केही नै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप