मृत्युको अफवाह उडेपछि मीनाक्षी शोषाद्रिले सेयर गरिन् तस्बिर, अब भइन् यस्ती
बलिउड अभिनेत्री मीनाक्षी शेषाद्रि फिल्मी दुनियाँकी एक चिरपरिचित अनुहार हुन् । आफ्नो सानो करियरमा उनले आफ्नो अभिनयको जादु र सुन्दरताले मानिसहरुको मन जितेकी छिन् ।
मीनाक्षी निकै लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । अचानक हालै उनको निधनको अफवाह फैलन सुरु भयो जसका कारण उनका प्रशंसक र शुभचिन्तक डराए । यद्यपि, जब मीनाक्षीलाई यसबारे थाहा भयो तब उनी आफैंले यो अफवाहलाई गलत बताएकी छिन् ।
नायिकाले इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी योग गर्ने मुद्रामा बसिरहेकी छिन् । उमेरको असर यी नायिकाको अनुहारमा स्पष्ट देख्न त सकिन्छ तर उनको फिटनेसले उनको उमेरलाई गलत साबित गरिरहेको छ । नायिकाले फोटो सेयर गर्दै लेखिन्, ‘डान्स पोज ।’ यद्यपि, यो उनको आधिकारिक अकाउन्ट भए नभएको पुष्टि भएको भने छैन किनभने यसमा निलो टिक मार्क छैन ।
मीनाक्षी शेषाद्रिले अभिनय छोडेर जमाना बितिसकेको छ । नायिका आफ्नो वैवाहिक जीवनमा व्यस्त छिन् र निकै लामो समयदेखि लाइमलाइटबाट टाढा छिन् । नायिका आफ्ना श्रीमान् र बालबच्चासँग अमेरिकामा बसिरहेकी छिन् ।
मीनाक्षी ५७ वर्षको उमेरमा पनि निकै फिट छिन् जुन निकै प्रभावित पारिदिने किसिमको छ ।
मीनाक्षी सन् १९९५ मा विवाहपछि फिल्मबाट टाढा भएकी थिइन् । नायिकाले इन्भेस्टमेन्ट बैंकर ह्यारिस माइसोरसँग विवाह गरेकी थिइन्, त्यसपछि उनले आफ्नो १२ वर्ष लामो बलिउड करियरलाई पूर्ण विराम लगाएकी थिइन् ।
उनले सन् १९८३ मा पेन्टर बाबू फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । यो फिल्ममा उनी राजिव गोस्वामीको अपोजिटमा देखिएकी थिइन् । तर उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘हिरो’बाट पहिचान पाइन् । फिल्ममा उनले ज्याकी श्रोफसँग रोमान्स गरिरहेको देख्न सकिन्छ ।
नायिकाले आफ्नो करियरमा लभ म्यारिज, हिरो, मेरी जंग, आवार बाप, लभर बोय, अल्लाह राखा, दिलवाला, सत्यमेव जयते, मुकद्दर का फैसला, बीस साल बाद, तूफान, घायल, दामिनी र घातकजस्ता फिल्ममा काम गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण