रोल्पामा निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ?
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा वैशाख २२ गतेदेखि लागू हुनेगरी १५ दिनसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमण बृद्धि हँुदै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले आपत्कालीन सेवा बाहेक सबै सेवा बन्द गर्नेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जारी गरेको आदेशमा भनिएका वैशाख २२ गते बिहान ६ बजेदेखि जेठ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय भएकोे छ ।
रोल्पामा कोरोनाले अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, सुनीलस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिकालगायतमा कोरोना संक्रमण फैलिएको हो ।
निषेधाज्ञाको अवधिमा अस्पताल, स्वास्थ्य सामग्री र औषधि पसल २४ घण्टा नै खुला रहने छ । खाद्यवस्तु, ग्यास, दूग्धजन्य पदार्थ, तरकारी, खाद्यवस्तु, ग्यास, तरकारी, माछामासु बिक्री वितरण गर्ने पसलले भने पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
-
एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण