गण्डकी प्रदेश : पाँच दलको बैठक विनानिष्कर्ष सकियो
पोखरा । गण्डकी प्रदेशसभा संचालनका लागि पाँच दलबीच बसेको सर्वदलीय बैठकले विना निष्कर्ष सकिएको छ । बैशाख १५ गते प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची तय भएको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेपछि क्रुद्ध बनेको एमालेका कारण बैठक निष्कर्षविहीन बनेको हो ।
मंगलबारको सर्वदलीय बैठकमा मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले जेठ २ गते संसदको बैठक बोलाउने अड्डी लिएका थिए । तर,अन्य दलका नेताहरुले संसदको बैठक धेरै दिन लम्ब्याउन नहुने बताएपछि बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने सहमति भएको छ । बिहीबार डाकिएको समितिको बैठकमा सहमति भएको अवस्थामा मात्र संसदको बैठक बोलाइने छ ।
सर्वदलीय बैठकमा सत्तापक्षले आगामी जेठको २ गते संसद बोलाउने प्रस्ताव गरेको र अन्य चार दल यसै हप्ता टुङ्ग्याउने पक्षमा देखिएको जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले बताए । ‘दलहरूको लामो छलफलमा पनि बैठकका वारेमा सहमति नभएपछि अन्यमा विहीबार कार्य ब्यवस्था समितिको बैठक बोलाएर सहमतिको प्रयास गर्ने गरी बैठक टुङ्गियो’ उनले भने । ‘बिहीबारको समितिको बैठकमा पनि टुंगो नलागेको अवस्थामा पुनः पाँच दलको बैठक बसेर सहमति खोजिने छ ।’
मंगलबारको बैठकमा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीका हरिशरण आचार्य सहभागी भएका थिए ।
बैशाख १५ मा जनमोर्चाका सांसद बेपत्ता भएपछि सभामुख समक्ष जनमोर्चाकी सांसद पियारी थापाले संसद बैठक स्थगित गरी उनका खोजी गर्न निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । बैशाख २ गते काँग्रेस, माओवादी र समाजवादीले अविश्वास प्रस्ताव पेश गरेकाले १५ गते मतदान हुने कार्यसूची थियो ।
अविश्वास प्रस्ताव पास हुन ३१ मत आवश्यक भएकाले जनमोर्चाका खिमविक्रम शाही अनुपस्थित भएपछि सभामुखले बैठक स्थगित गरेको एमालेले आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण