गण्डकी प्रदेशमा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशस्थित विभिन्न प्रयोगशालामा २४ घण्टामा ९०३ जनाको पीसीआर परिक्षण गर्दा ४२९ जनामा संक्रमण देखिएको हो । प्रदेशका ९ जिल्लाका संकास्पद ब्यक्तिको स्वाब परिक्षणका क्रममा गएको २४ घण्टामा कास्कीमा ३ सय १० र प्रदेशका अन्य ८ जिल्लाहरुमा ११९ सहित २२९ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए ।
उनका अनुसार नयाँ संक्रमितहरुमा पोखरा महानगरपालिकामा ३ सय १० जनामा संक्रमण भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वका ५१ जना, बाग्लुङका ३३, तनहुँ १६, लमजुङ ८, स्याङजा ५, मुस्ताङमा ४, पर्वत र म्याग्दीमा एक÷एक जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९ हजार ८५३ पुगेको छ ।
मंगलबार प्रदेशमा ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७२ रहेको छ । गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ५४६ रहेको छ । प्रदेशमा २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, पर्वत र म्याग्दीका एक/एक जना रहेका छन् । उनीहरु सबैको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण