तेस्रोपटक मन्त्रिपरिषद विस्तार : थपिए तीन मन्त्री
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले मंगलबार नेकपा एमालेको तर्फबाट तीन मन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई दिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भोजप्रसाद श्रेष्ठलाई दिएका छन् । त्यस्तै धर्मबहादुर पाल श्रीवास्तव वनमन्त्री बनेका छन् । योसँगै मुख्यमन्त्री पोखरेलको नेतृत्वमा १० सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
यसअघि सोमबार कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
आइतबार पोखरेलले वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिएका थिए । मंगलबार नियुक्त गरिएका मन्त्रीलाई बुधबार विहान ११ बजे सपथ ग्रहण गराउने सरकारका प्रवक्ता बैजनाथ चौधरीले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण