निषेधाज्ञा उल्लङ्घन गर्ने ७ जना प्रहरीको नियन्त्रणमा
बुधबार, २२ वैशाख २०७८, १७ : ३०
सुर्खेत प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
पक्राउन पर्नेमा वीरेन्द्रनगरपालिका –३ बस्ने घनश्याम केसी, आकास देवकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, बिनय बुढा, आकास प्याकुरेल र कबिर खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतमा बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा लागु गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण