भेटिएनन् कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक र सहचालक
कर्णालीमा टिपर खस्दा बेपत्ता भएका चालक, सहचालकको झण्डै २१ घण्टा बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन ।
मंगलबार साँझ नौ बजे दैलेखको आठबीस नगरपालिका –४ खोटेसल्ला भन्ने ठाउँबाट टिपर कर्णाली नदीमा खसेको थियो ।
दाङको लमहीदेखि जुम्ला जाँदै गरेको बा५ख २१८३ नम्बरको उक्त टिपर कर्णालीमा नदीमा खस्दा बेपत्ता भएका चालक र सहचालक अझै नभेटिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रातोपाटीलाई बताए ।
उनले भने, ‘टिपर लमहीबाट सिमेन्ट लिएर जुम्ला जाँदै गरेको बुझिएको छ । कर्णाली राजमार्गबाट झण्डै ५० मिटर तल नदीमा खसेको भेटिएको छ ।’
उनका अनुसार चालक र सहचालकको नाम भने खुल्न सकेको छैन । उनीहरुको खोजी कार्यमा इलाका प्रहरी कार्यालय राकम कर्णालीको प्रहरी टोली परिचालन गरिएको छ ।
‘कर्णाली नदीमा पानीको बहाव बढेको र पानी धमिलिएका कारण बेपत्ताको खोजी कार्यमा कठिनाई भएको छ,’ उनले भने ।
उनकाअनुसार गोताखोरको टोलीमार्फत बेपत्ताको खोजी गर्नका लागि समन्वय भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण