एसएसपी तामाङको गीत ‘आमा’ सार्वजनिक
बुधबार, २२ वैशाख २०७८, १७ : ४४
काठमाडौं । वरिष्ठ गीतकार एवं एसएसपी टेक तामाङको शब्द रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । गीतमा दीपा लामाको स्वर रहेको छ । पावल चाम्लिङको कम्पोज रहेको गीतमा एरेन्ज चाँद सिंहले गरेका हुन् ।
गीतको भिडियोमा सौजन सुब्बा रोहनी लामा‚ सुम्दिमा चाम्लिङ राई‚ सजन मगर‚ भोलाराम धिताल‚ दुर्गा धिताल र कृष्ण राईको अभिनय देख्न सकिन्छ ।
आमाको माया र हुर्काउन गर्नुपर्ने जिम्मेवारी आमाले बाहेक छोराछोरीलाई कसैले दिन सक्दैन भन्ने बिषयले गीतले प्रस्तुत गरेको छ । नरेन मोक्तानको छायाँकन रहेको भिडियो देवजंग थापाले निर्देशन गरेका हुन् । गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघि सरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत बाहिर आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण