१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषदको निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
उनले डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने जनाए । उनका अनुसार कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५÷५ लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै, जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोनाका कारण आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण