१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषदको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
उनले डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने जनाए । उनका अनुसार कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५÷५ लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै, जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोनाका कारण आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा