बढी शुल्क लिने अस्पताललाई कारवाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल
बिहीबार, २३ वैशाख २०७८, १९ : १२
२
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही हुने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पताल कारवाही भागीदार हुने स्पष्ट पारे ।
“निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ, त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौंँ”, उपप्रधानमन्त्री पोखरेलले भने, “काठमाडौंका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारवाही हुन्छ ।” सरकारी अस्पतालमा सबै कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण