अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 'निफ' बिहीबारदेखि सुरु
चौंथो संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि सुरु भएको छ ।
कोरोनाको कारण भर्चुअल रुपमा आयोजना भएको महोत्सवमा बिहिबार बलिउड निर्देशक अनुराग कश्यपले फिल्म निर्माणको बिषयमा आफ्ना अनुभव बाँडेका थिए ।
विश्वका कथाहरूको उत्सव’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवको उद्घाटन सत्रमा फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधिको फेस्टिभललाई शुभकामना समेत दिएका थिए ।
महामारीले हाम्रो मनोबल कमजोर बनाएको छैन है भन्ने सन्देश दिन भर्चुअल रुपमै भएपनि फेस्टिभल आयोजना गरिएको आयोजक केपी पाठकले बताए ।
नेपाली चलचित्र र चलचित्रकर्मी लाई विश्वका चलचित्र र चलचित्रकर्मी माझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्य रहेको फेस्टिभलमा थुप्रै फिल्म प्रदर्शन हुनेछ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, कलाकार नीर शाह, तुलसी घिमिरे लगायतले फिल्म, साहित्य र संगीतको बिषयमा धारणा राखेका थिए ।
फेस्टिभलमा शुक्रबार फिल्म प्रदर्शन र नेपाली सिनेमा सम्बन्धी बहसहरू सञ्चालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण